नियम २०
रकम फिर्ता गर्नु पर्ने
(१) ऐन तथा यस नियमावली बमोजिम अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति रकम प्राप्त गरेको व्यक्तिले झुट्टा उजुरी गरेको ठहरेमा वा वारदात स्थापित नभएमा निजले कोषबाट अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति बापत प्राप्त गरेको रकम सम्बन्धित मुद्दाको फैसला भएको मितिले पैंतीस दिनभित्र कोषमा फिर्ता गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको अवधिमा कोषमा रकम फिर्ता नगरेमा त्यस्तो रकमको दश प्रतिशत व्याज सहित त्यस्तो व्यक्तिको जुनसुकै जायजेथाबाट प्रचलित कानून बमोजिम असुल उपर गरी कोषमा दाखिला गरिनेछ। यसरी रकम असूल उपरको लागि कारबाही चलाउने अधिकार सञ्चालक समिति वा जिल्ला अदालतको तहसिल शाखालाई हुनेछ ।